एमाले दशौं महाधिवेशन : नुवाकोटबाट सबै प्रतिनिधि सर्वसम्मत



नुवाकोट,कात्तिक २७ । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि नुवाकोटबाट सबै प्रतिनिधिहरु सर्वसम्मत चयन भएका छन। चितवनमा हुन लागेको महाधिवेशनका लागि ८१ जनाको उम्मेदवारी परेतापनि एमाले नुवाकोटले आपसी छलफल पश्चात् १७ प्रतिनिधि चयन गरेको हो।

मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमाले राष्ट्रिय महाधिवेशनका लागि १६ जना प्रतिनिधिको नाम सर्वसम्मत चयन भैसकेको र एकजना प्रतिनिधिबारे छलफल भैरहेको नुवाकोट एमालेले जनाएको छ। जस अन्तर्गत नेकपा एमाले बागमती प्रदेश सचेतक एंव पूर्व मन्त्री केशव पाण्डे, प्रतिनिधि सभाका सांसद एंव एमाले नुवाकोटका अध्यक्ष नारायण खतिवडा र उपाध्यक्ष एंव पूर्व मन्त्री मैनालीसहित १६ जना प्रतिनिभि चयन भएका छन् ।

प्रतिनिधिको नामावली
क्षेत्र नं. १
१. बद्री मैनालि
२. बिन्दा ढुङ्गाना
३. काशिराज अधिकारि
४. पुर्णलाल श्रेष्ठ
५. शर्मिला थपलिया
६. जित बहादुर घले
७. मंगलमाया प्रजापति
८. केशव सेञ्चुरी

क्षेत्र नं. २
१. केशवराज पाण्डे
२. नारायण खतिवडा
३. रामशरण प्याकुरेल
४. बुद्धी बहादुर प्रधान
५ टुङ्ग्याउन बाँकी
६. सावित्री प्याकुरेल
७. मेन्चुङ लामा
८. गिता दाहाल
९. उषाकिरण तिम्सेना

प्रतिक्रिया दिनुहोस्