प्रचण्ड अस्पताल भर्ना
काठमाडौं,कार्तिक २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् ।
उनको स्वास्थ्यमा समस्या देखिएकाले ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको हो ।
सचिवालयका अनुसार उनको रक्तचाप बढेपछि अस्पताल लगिएको बताइएको छ । उनलाई केही समय अस्पतालमा नै आराम गर्न भनिएको छ।