हेलिकोप्टरबाट नुवाकोट दुप्चेश्वरकी सुत्केरी महिलाको उद्धार



नुवाकोट,कात्तिक २७ । जिल्लाको दुप्चेश्वर गाउँपालिकाबाट सुत्केरी महिलाको उद्धार गरिएको छ। नुवाकोटकै दुर्गम मानिएको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ शिखरबेसीबाट एक सुत्केरी महिलाको उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए।

तामाङका अनुसार महिलाको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत उद्धार गरी काठमाडौं पठाइएको हो। उद्धार गरिएकोमा सिखरबेसीकी २४ बर्षिया अप्सरा थापा रहेकी छिन। सुत्केरी भएपछि निरन्तर रक्तस्राव भएसँगै ज्यान जोखिममा पुगेकाले हेलिकोप्टर मगाएर उपचारका लागि काठमाडौँ पठाईएको गाउँपालिकाले जनाएको छ।

स्थानीय स्वास्थ्य संस्थाको समन्वयमा काठमाडौ लगिएको सुत्केरी तामाङको काठमाडौंस्थित थापाथलीमा रहेको प्रसूति गृहमा उपचार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्