प्रचण्डको स्वकिय सचिवमा रमेश मल्ल
काठमाडौं, कात्तिक २६ । सत्तारुढ दल माओवादी केन्द्रको अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले स्वकिय सचिवको जिम्मेवारी अखिल(क्रान्तिकारी)का पुर्व अध्यक्ष रमेश मल्ललाई दिएको छ ।
शुक्रबार सचिवालयको सदस्यहरु जोगबहादुर महरा र बिष्णु सापकोटा ‘जुगल’लाई जिम्मेवारीबाट हटाइएको जानकारी अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठकमा गराएका हुन् ।
सचिवालयबाट हटाएर महरालाई लुम्बिनी प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिइएको छ भने सापकोटालाई प्रेस सेन्टरको जिम्मेवारी दिइएको हो । हाल प्रचण्डको सचिवालयमा स्वकिय सचिवको रुपमा उनकै छोरी गंगा दाहाल रहेकी छिन् ।