फेरि बढ्यो सुनको मूल्य



काठमाडौं,कात्तिक २६ । नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ४०० रुपैयाँले उकालो लागेर ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । पहेँलो धातु बिहीबार प्रतितोला ९४ रुपैयाँ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ रहने छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको थियो ।
    
त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा १५ ले उकालो लागेर एक हजार २८५ तोकिएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २७० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८५९ डलर आसपासमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्