रेडियो नेपाललाई यति धेरै कर्मचारीको आवश्यकता



काठमाडौं, कार्तिक २६ । रेडियो नेपालले इन्जिनियरदेखि संवाददातासम्मका पदहरुमा स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

रेडियो नेपालले इन्जिनियर, प्रशासकीय अधिकृत, व्यापार अधिकृत, कार्यक्रम अधिकृत, सम्पादक, संवाददाता, लेखापाल वाद्यवादक, कार्यक्रम सहायक लगायत पदमा ३९ जनाका लागि खुला प्रतियोगितामार्फत् पदपूर्ति गर्न विज्ञापन खुलाएको हो ।

विज्ञापन प्रकाशित भएको मिति कात्तिक २६ गतेदेखि २१ दिनभित्र दरखास्त बुझाउन सकिने छ। दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र पनि दरखास्त बुझाउन सकिने रेडियो नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्