३ दिनभित्र लगानी विवरण बुझाउन नेप्सेद्वारा राधी विद्युतलाई निर्देशन



काठमाडौं,कात्तिक २६ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले राधी विद्युत् कम्पनी लिमिटेडलाई तीन दिनभित्र लगानी विवरण पेश गर्न निर्देशन दिएको छ । 

नेप्सेले राधी विद्युत् कम्पनीको लगानी रहेको खारे इन्भेष्टमेन्टको प्रबन्धपत्र, नियमावली र सम्पूर्ण सञ्चालकहरुको विवरण र सञ्चालकहरुले गरेको लगानीको विवरण माग गरेको जानकारी दिएको छ । 

यसअघि पनि नेप्सेले कम्पनीसँग उक्त विवरण माग गरेकोमा पूर्ण विवरण प्राप्त नभएपछि तीन दिनभित्र थप विवरण पेश गर्न भनेको हो । तोकिएको समयअवधिभित्र उक्त विवरण पेश नगरेमा धितोपत्रको प्रचलित ऐन, नियम अनुसार कारवाही गरिने चेतावनीसमेत नेप्सेले दिएको छ । 

प्रतिक्रिया दिनुहोस्