एकीकृत समाजवादीको काठमाडौं जिल्ला अध्यक्षमा कार्की चयन
काठमाडौं, कात्तिक २५ । नेकपा एकीकृत समाजवादी काठमाण्डौ जिल्ला कमिटीको अध्यक्षमा कुसुम कुमार कार्की चयन भएका छन। नेकपा एस काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठकले कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।
नेकपा एसका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले अध्यक्ष कार्की सहित नया कमिटीलाई सपथ ग्रहण गरेका छन। काठमाण्डौ महानगरपालिका वडा नं ७ मा भएको भेलाले कार्कीलाई अध्यक्षमा चयन गरेको हो।
यस अघि अध्यक्ष रहेका बसन्त मानन्धर पोलिटब्युरो सदस्य बनेपछि सचिव रहेका कार्की अध्यक्ष बनेका हुन् ।