मुल्यबृद्विको बिरोध गर्दै प्युठानमा निस्कियो नेकपाको जुलुस
प्युठान,कात्तिक २५ । आकाशिदाे महंगी र पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धीकाे विरुद्ध प्यूठानमा अाज विराेध प्रदर्शन गरेकाे छ ।सरकारले केही दिन अघि गरेकाे पेट्रोलियम पदार्थकाे अत्यधिक मुल्य वृद्धिकाे विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी प्यूठानले आज बिजुवार बजारमा विराेध प्रदर्शन गरेकाे हाे ।
बढ्दो महंगी र पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिकाे विरुद्ध नेकपाद्वारा घोषित देशव्यापी संघर्षका कार्यक्रमहरु बमोजिम प्युठान जिल्लामा पनि बिरोध गरिएको ने क पा प्युठानका सेक्रेटरी अजय घर्तीले बताएका छन्। उनले मूल्य बृद्वी फिर्ता लिन माग समेत गरे। घर्तीका अनुसार पार्टिले अाज २५ गते देशव्यापी विराेध प्रदर्शन , २६ गते दिउँसो प्रचार/ प्रसार , साँझ मशाल जुलुश , २७ गते देशव्यापी प्रदर्शन, २८ गते बिहान १० देखि ११ बजेसम्म ( १ घण्टा चक्काजाम ) , २९ गते दिउँसो सिट्टी जुलुश , साँझ मशाल जुलुश र ३० गते नेपाल बन्द लगायतका चरणबद्व आन्दोलनका कार्यक्रम अघि सारेको छ।
सरकारले जनताकाे ढाड सेकिने गरि मुल्य वृद्धि गरेकाे विरुद्धमा पार्टी सडक संघर्षमा उत्रेकाे ने क पा का केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज जागृतिले बताएका छन् । पार्टी तथा दलगत मानसिकताबाट माथि उठेर याे अान्दाेलनलाई साथ दिन इन्चार्ज जागृति लले सबै पार्टीहरुलाई अाग्रह समेत गरेका छन् ।