टीकापुरको केरा कुहियो, भारतबाट साढे दुई करोडको आयात



काठमाडौं, कार्तिक २५। पछिल्ला वर्षमा नेपालमा केरा र सुन्तलालगायत विभिन्न फलफूलको नेपालमै राम्रो उत्पादन हुँदै आएको छ । किसानहरूले फलफूल खेतीमा विशेष ध्यान दिन थालेका छन् ।

तर, यो वर्षको तिहारको तीन दिनमा मात्र छिमेकी मुलुक भारतबाट साढे ५ करोडबराबरको केरा र सुन्तला खरिद गरिएको छ । भारतबाट साढे २ करोडबराबरको केरा आयात हुँदा कैलालीको टीकापुरमा फलाइएको केरा भने खेर गएको छ । भारतबाट केरा आयात हुँदा कैलालीको केरा भने ढुवानीको समस्याले कुहिदै आएको छ ।

यो बर्ष कैलालीको टिकापुरमा उत्पादन भएको केरा समयमै काठमाडौं पु¥याउन नसक्दा भारतबाट २ करोड ५० लाख मूल्यको केरा आयात भएको छ ।

नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँका अनुसार, टीकापुरबाट काठमाडौंमा सामान ल्याउन भारतभन्दा धेरै समय लाग्छ । भारतको सामान काठमाडौं ल्याउन दुई दिन लाग्छ । तर, टीकापुरबाट काठमाडौं पुर्याउन दुई दिनभन्दा बढी लाग्छ । बाटोमै धेरै समय लाग्ने हुँदा कुहिनेलगायतका कारण भारतकै केरा रोजाइमा पर्न गयो ।उत्पादन भएर पनि बजारीकरण गर्न ढुवानीको समस्या कैलालीमा उत्पादित केराले भोगिरहेको उल्लेख छ।

यो समाचार राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्