नेता गौतमले गरे एमसिसी फिर्ता लिन आग्रह (विज्ञप्तिसहित)



काठमाडौँ,कात्तिक २४ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले एमसीसी परियोजना फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई आग्रह गरेका छन् ।

एमसीसी परियोजनालाई लिएर नेपाली जनमत विभाजित भैरहेको पछिल्लो अवस्थामा तत्काल यो संसदबाट अनुमोदन हुन नसक्ने भन्दै गौतमले परियोजना फिर्ता लिन अनुरोध गरेका हुन् ।

बुधवार एक विज्ञप्ति जारी गर्दै गौतमले नेपालको संसद र सरकार विशिष्ठ अवस्थाको रहेकाले सरकार र संसदवाट एमसीसी अनुमोदन हुन नसक्ने उल्लेख गरेका छन् । एमालेका उपाध्यक्ष गौतम पार्टी विभाजनपछि राजीनामा दिएर बसेका छन् ।

हेर्नुस् विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्