पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं,कात्तिक २४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
बुधबार रातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।
यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिलिण्डिर ७५ रुपैयाँले वृद्धि भएको छ । यससँगै एक सिलिण्डरका लागि अब उपभोत्ताले १५७५ रुपैयाँ तिर्नुपर्नेछ ।