काठमाडौ क्षेत्र नं ३ मा एकीकृत समाजबादीको कमिटी गठन
काठमाडौं,कार्तिक २४ । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) ले काठमाडौ क्षेत्र नंवर ३ मा ४५ सदस्यीय क्षेत्रीय कमिटी गठन गरेको छ । स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश कमिटीकी अध्यक्ष सावित्रा भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले क्षेत्रीय कमिटी गठन गरेको हो।
क्षेत्रीय कमिटी गठन गरेको सो भेलामा स्थायी कमिटी सदस्य बिश्वनाथ प्याकुरेल,केन्द्रीय सदस्य गोपाल बराल,प्रदेश कमिटी सदस्य उद्दव खड्का ,उपत्यका बिशेष प्रदेश कमिटी सदस्य मन्दिर तिमिल्सिना र काठमाडौ जिल्ला कमिटीका उपसचिव एल.पि श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं क्षेत्र नं ३ को नवगठित कमिटीको संयोजकमा विमल अर्याल रहेका छन भने सदस्यहरुमा गोबिन्द बहादुर श्रेष्ठ, गोकुल धिमाल, श्याम खतिवडा, जि.पि शर्मा, चित्रबहादुर रसाइली, केशव प्रसाद पुडासैनी, गोकुल बराल, सरोजकुमार श्रेष्ठ, केशव प्रसाद दंगाल, लक्ष्मी श्रेष्ठ, अच्युत पण्डित, सरस्वती नेपाल, गणेश तिरुवा, लक्ष्मीराम बराल र अन्य सदस्यहरुमा डोल्मा लामा, मोहनकुमारी शाह, विनय सिंखडा, लक्ष्मी बराल, शिव प्रसाद पौडेल, रामनाथ खनाल, राधाकृष्ण रिजाल, बसन्त लामा, राजकुमार कार्की, योगेश्वर घोरासौनी,इश्वरी प्रसाद सुवेदी, सुर्य बहादुर थापा, देव श्रेष्ठ, उत्तम खड्का, शालिकराम कुईंकेल, आत्माराम सापकोटा, नवराज पुडासैनी, दल बहादुर लामा, राजन खतिवडा, श्रीदेवी श्रेष्ठ लगायत रहेका छन् ।