वाग्मती प्रदेशका मुख्यमन्त्रीले लिए विश्वासको मत
हेटौँडा,कात्तिक २३ । वाग्मती प्रदेशसभाको सोमवार अपराह्न बसेको बैठकमा गठबन्धन सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ ।
उक्त बैठकमा पक्षमा ५९ मत प्राप्त भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । विपक्षमा नेकपा (एमाले) को ४३ र साझा विवेकशील पार्टीको तीन मत परेको छ । नेपाल मजदूर किसान पार्टीले सो प्रस्तावमा तटस्थ रहने घोषणा गरेको थियो ।
यसैगरी, राप्रपाका सांसदहरू अनुपस्थित रहेका थिए । वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिए ।
तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गत कात्तिक १० गते मुख्यमन्त्री पदबाट राजिनामा दिएपछि उक्त पदमा राजेन्द्र पाण्डे नियुक्त भएका हुन् । वाग्मती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभाका सदस्यहरू छन् । आजको बैठकमा जम्मा १०४ जना प्रदेशसभा सांसदहरू उपस्थित थिए । आर्थिक अभियानबाट