६ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक



काठमाडौं,कात्तिक २२। नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले सोमवार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको हो । बैंकले ९१ दिनको अवधिको लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल माघ २५ गते परिपक्व हुनेछ ।

यसैगरी १८२ दिनको अवधिको लागि ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल विक्री गरिने छ ।उक्त ट्रेजरी बिल भने २०७९ साल वैशाख २७ गते परिपक्व हुनेछ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल सोमवार दिउँसो २ बजे बोलकबोल भएर मंगलवार विक्री हुनेछ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्