वाग्मती प्रदेशको बैठक सोमबार बस्ने



काठमाडौं,कात्तिक २१ । वाग्मती प्रदेशसभाको बैठक सोमबार बस्ने भएको छ । सो बैठकमा नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावना बढेको छ ।

नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र र जसपाको समर्थन प्राप्त छ ।

हाल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका १–१ जना मन्त्री छन् । मुख्यमन्त्री पाण्डे विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्