बौद्धिक अशक्त भएकी झोरकी संचिताको उपचारार्थ नेपाली काङ्ग्रेस झोर समितिद्वारा आर्थिक सहयोग



काठमाडौं, कात्तिक २१ । बौद्धिक अशक्त भएकी टोखा नगरपालिका वडा नम्बर-१ झोरकी संचिता तामाङको उपचारका लागि नेपाली काङ्ग्रेस झोर कार्य समितिले आर्थिक सहयोग गरेको छ। आइतबार नेपाली काङ्ग्रेस झोर कार्य समितिका भरत बिडारीसहितको टोली बिरामी तामाङको घर पुगि ८३ हजार ६२ रुपैयाँ पीडित बालिकाको बुबा श्याम तामाङलाई हस्तान्तरण गरिएको श्रोतले जनाएको छ।

सो अवसरमा श्रीकृष्ण बिडारीको सहजीकरणमा ग्रीनसिटी अस्पतालका प्रवन्ध निर्देशक लोकबहादुर टन्डनको समेत उपस्थिति रहेको थियोे। निर्देशक टन्डनले बालिकाको सम्पुर्ण उपचार खर्च अस्पतालले ब्यहोर्ने गरि उपचार थाल्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। लामो समयदेखि अर्ध होसमा जीवनमरणको जीवन ज्युदै आएकी बालिका संचिताको उपचारार्थ सबैले सहयोग गर्नुपर्ने उपस्थित युवाहरूले बताएका थिए ।

साझापथ डटकमले समेत संचिताको अभिभावकको अनुरोधमा आम दर्शक श्रोता माझ गत १ महिना अघिदेखि सहयोगको अपिल गरेको थियोे। सानै उमेरमा आमाले छाडेर अन्यत्र विवाह गरेको र आफ्नु भन्ने बुबा श्याम तामाङ मात्र रहेकाले बालिकाको उपचारार्थ आर्थिक पक्ष अत्यन्तै दयनीय भएको भन्दै पीडित बालिकाका बुबा श्यामले संचार माध्यम खोजेको बताएका थिए।

त्यस्को एक महिना नबित्दै यसअघि सहयोगी टेकबहादुर तामाङले रु ३५ हजार रकम संकलन गरी पीडित बालिकाको उपचारका लागि प्रदान गरेका थिए। नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका स्थायी घर भएका श्याम तामाङले बालिकाको उपचारार्थ अस्पतालले झण्डै ५ लाख खर्च लाग्ने बताएको भन्दै सबैले सहयोग गरिदिन अनुरोध समेत गर्दै आएका थिए ।

साझापथ डटकमले १ महिनादेखि सहयोगको लागि अपिल गरेको केहि भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्