तस्वीर: पटकाको धुवाँले वायु प्रदुषित बनेको नयाँदिल्ली



नयाँदिल्ली,कात्तिक २० । भारतको राजधानी नयाँदिल्ली दिपावली पर्वमा  पटकाको धुवाँका कारण प्रदुषित बनेको छ । पटाकाबाट निस्केको धुवाँले नयाँदिल्लीको वायु नराम्ररी बिग्रिएको छ ।

पटका पड्काउन त्यहाँको सरकारले प्रतिबन्ध लगाएता पनि नयाँदिल्लीमा व्यापक रुपमा पटका पड्काइएपछि धुवाँले गर्दा थुप्रै मानिसमा स्वासप्रस्वास तथा आँखा पोल्नेजस्ता समस्या उत्पन्न भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

नयाँदिल्लीका थुप्रै क्लिनिकहरूमा स्वासप्रस्वास तथा आँखा पोल्ने समस्याका बिरामीहरू बढेका छन् । यो समस्यामा सुधार आउन आइतवारसम्म कुर्नुपर्ने चिकित्सकहरुले बताएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार १ हजार ६५० ओटा वायु प्रदूषणका सहरमध्ये दिल्ली सबैभन्दा खराब सहरमध्ये पर्छ । तस्वीर : बीबीसी

प्रतिक्रिया दिनुहोस्