ललितपुरको मंगलबजारमा ग्याँस सिलिन्डर पड्किदा ४ जनाको मृत्यु, २ जना घाइते
काठमाडौं,कात्तिक १९ । ललितपुरको मंगलबजारमा ग्याँस सिलिन्डर पड्किदा ४ जनाको मृत्यु भएको छ। शुक्रबार साँझ ७ बजे ललितपुरको मंगलबजारमा ग्याँस सिलिन्डर पड्किदा ४ जनाको ज्यान गएको हो । घटनामा २ जना घाइते भएको मंगलबजारस्थित प्रहरी प्रभागले जनाएको छ।
ग्यास सिलिन्डर विस्फोटमा परी घरधनी ६८ वर्षीय लक्ष्मीकृष्ण ताम्राकारसहित ४ जनाको ज्यान गएको बताइएको छ । ग्याँस सिलिन्डर विस्फोट हुँदा लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार (छाेरी), रत्ना ताम्राकार (बुहारी) र नातिको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा घाइते भएका २ जनाकाे नाम खुलिनसकेको बताइएको छ । खाना पकाइरहेका बेला सिलिन्डर पड्किएर घटना घटेको बताइएको छ। घटनाको अनुसन्धान भैरहेको बताइएको छ।