कोरोनाविरुद्ध औषधी बन्यो, ८९ प्रतिशत मृत्युदर घटाउनसक्ने



एजेन्सी, कात्तिक १९ । कोरोना भाइरसविरुद्ध औषधी बनेको छ । अमेरिकाको फाइजर कम्पनीले कोरोनाविरुद्धको पिल्स विकास गरेको हो ।

फाइजरले शुक्रबार कोरोनाविरुद्धको पिल्सबारे जानकारी दिएको सीएनएनले जनाएको छ । पिल्सले कोरोना संक्रमितको मृत्युको सम्भावना ८९ प्रतिशत कम गरेको परीक्षणबाट पत्ता लागेको उल्लेख छ । पिल्सको नाम पीएफ-०७३२१३३२ राखिएको छ ।

कम्पनीले चाँडै नै औषधी सर्वसाधारणका लागि विक्रीमा ल्याउने भएको छ । फाइजरले समाचारका रुपमा परीक्षणको नतिजा सार्वजनिक गरेको हो । वैज्ञानिक अनुसन्धानका लागि तथ्यहरु भने सार्वजनिक गरेको छैन ।

पिल्स लिएका कुनैपनि कोरोना संक्रमितको मृत्यु नभएको फाइजरले जनाएको छ । यो निश्चित कोरोना संक्रमितमा प्रयोग भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्