अमेरिकी राष्ट्रपतिद्वारा तिहारको शुभकामना व्यक्त
काठमाडौं, कार्तिक १९ । अमेरिकी राष्ट्रपति जो वाइडेनले तिहारको अवसरमा सम्पूर्ण हिन्दु धर्मालम्बीहरुलाई शुभकामना दिएका छन्।
सामाजिक सञ्जाल ट्विटरमार्फत फोटोसहित हिन्दू धर्मालम्बीलाई तिहारको शुभकामना दिएका हुन्।
नेपाल भारतलगायतका देशमा तिहार मनाइँदैछ। अमेरिकामा करिव ४० लाख भारतीय मुलका नागरिकको बसोवास छ। अमेरिकामा स्थायी बसोवास गर्ने नेपाली समुदायको संख्या ३ लाख भन्दा वढी रहेको बताईन्छ।