काठमाडौंको माकलबारीमा पौडी खेल्ने क्रममा पुरुषको मृत्यु
काठमाडौं, कात्तिक १८ । काठमाडौंको गोकर्णमा बाग्मती नदीमा डुबेर एक युवकको मृत्यु भएको छ ।
माकलबारी बसपार्कस्थित ड्याममा पसेका ३५ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीसँगै पौडी खेल्न गएका साथीहरु २ जना भने सकुशल छन् । प्रहरीको अनुसार मृतक मादक पदार्थ सेवन गरेर पौडी खेल्न नदीमा पसेका थिए । उनी कागज, बोतल टिपेर गुजारा चलाउदै आएका हुन् । हालसम्म उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाई छ ।