मन्त्री झाक्री अस्पतालवाट डिस्चार्ज



काठमाडौं,कात्तिक १८ । शहरी विकास मन्त्री रामकुमारी झाक्री अस्पतालवाट डिस्चार्ज हुनुभएको छ। छातीमा निमोनिया संक्रमण भई एक हप्तादेखि वीर अस्पताल काठमाडौमा उपचार पश्चात वुधवार साझँ मन्त्री झाक्रि अस्पतालवाट डिस्चार्ज हुनुभएको हाे ।

डिस्चार्ज भएपछि उहाले अस्पतालमा रहँदा आफ्नो उपचारमा संग्लग्न चिकित्सक एवम् स्वास्थ्यकर्मीहरु, अस्पताल प्रशासन, सुरक्षाकर्मी साथीहरु, मन्त्रालयका कर्मचारी मित्रहरू, लगायत स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्ण आफन्तजन एवम् साथीभाईहरुप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ ।

संक्रमणको उच्च जोखिम कायम रहेको हुँदा चिकित्सकको सल्लाह अनुसार अझै केही दिन भेटघाटलाई भने बन्द राखिएको मन्त्रीको निजि सचिवालयले जनाएकाे छ । निजी सचिवालयले समेत मन्त्री ज्युकाे शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गरेकाे छ । उहाँ अहिले मन्त्रीकाे सरकारी निवास पुल्चोकमा रहनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्