बैंक अफ काठमाण्डूको सीईओमा मास्के नियुक्त
काठमाडौं,कात्तिक १७ । बैंक अफ काठमाण्डू लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा श्रवण लाल मास्के नियुक्त भएका छन् ।
बुधवार बसेको सञ्चालक समितिको बैठकले मास्केलाई सीईओमा नियुक्त गरेको कम्पनीले बताएको छ । उनले गत तीन महीना अघिदेखि कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दै आएका थिए ।
कम्पनीका अनुसार मास्केले यस बैंकको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।
सन् १९८५ मा नबिल बैंक लिमिटेडबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका मास्केसँग तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।
नवनियुक्त सीईओ मास्केले आफ्नो कार्यकालमा थप सबल, सफल तथा अझै सुदृढ बैंकको रुपमा स्थापित गराउन भूमिका खेल्ने बताएका छन् ।