चीनद्वारा नेपाललाई थप १६ लाख कोभिड खोप उपलब्ध
काठमाडौं,कात्तिक १७ । चीनद्वारा नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ । बुधबार बिहान चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अनुदान स्वरुप आएको खोप हस्तान्तरण गरेकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीमा नियुक्त भएपछि नेपाललाई थप १६ लाख डोज कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने चीनले घोषणा गरेको थियो ।
गत साउन १ गते १६ लाख डोज खोप उपलब्ध गराइने चीनले प्रतिबद्धता जनाएको थियो । हाल सम्म नेपाललाई चीनले ३४ लाख खोज खोप अनुदानमा उपलब्ध गराईसकेको छ ।
नेपालले खरिद प्रक्रिया मार्फत समेत १ करोड डोज चिनियाँ खोप नेपाल ल्याइसकेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी गराउनु भएको छ ।