शिवपुरी गाउँपालिका नेकपा एमालेको अध्यक्षमा बिष्णु श्रेष्ठ
नुवाकोट, कात्तिक १६ । जिल्लाको शिवपुरी गाउँपालिका नेकपा एमालेको अध्यक्षमा बिष्णु श्रेष्ठ चयन भएका छन् ।
मंगलबार गाउँपालिकाको सेराबगरमा आयोजित भेलाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो। श्रेष्ठसहित १०२ सदस्यीय गाउँ कमिटी गठन गरिएको नेकपा एमाले शिवपुरी गाउँपालिकाले जनाएको छ।
गाउँ कमिटीको उपाध्यक्षमा चिरञ्जीवी अधिकारी, सचिवमा राजेन्द्र वली, उपसचिवमा दिलमाया तामाङ चयन भएका छन् ।
श्याम लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद केशव पाण्डे, विशेष अतिथि सांसद बद्री मैनाली, नेता पूर्णलाल श्रेष्ठ, काशी अधिकारी, शेषमान तामाङ, जितेन्द्र बिष्ट लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियोे ।