नुवाकोट पञ्चकन्यामा अपांगता परिचयपत्र वितरण शिविर संचालन गरिने



नुवाकोट,कात्तिक १६ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा अपांगता परिचयपत्र वितरण सम्बन्धि शिविर संचालन गरिने गाउँपालिकाको कार्यालयले जनाएको छ।

मंगलबार एक सूचना जारी गर्दै गाउँपालिकाले पालिकास्तरीय अपाङ्गता भएका नागरिकलाई परिचयपत्र वितरण गर्न लागिएको जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्टद्वारा हस्ताक्षरित सूचनामा आउदो मंसिर १ र २ गते सो परिचयपत्र वितरण गर्न लागिएकोले आवश्यक कागजातसहित अन्य सामाजिक सुरक्षा भत्ताको सुविधा लिइरहेका नागरिकले समेत कार्यालय समयमा उपस्थित हुन अनुरोध गरिएको छ।

सूचना हेर्नुस्

प्रतिक्रिया दिनुहोस्