तिहारमा घर जाने यात्रुलाई कोरोनाविरुद्धको खोप
काठमाडौँ,कात्तिक १६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौ उपत्यका भित्रका विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप कार्यक्रम सन्चालन गरेको छ । तिहार मनाउन काठमाडौंबाट घर जाने यात्रुहरूलाई लक्षित गर्दै राजधानीको सामाखुसी, गोंगबु, बल्खु र कलंकी चोकमा यात्रुहरुलाई कोरोनाविरुद्धको खोप दिन लागिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार खोप निशुल्क लगाइने छ । बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म यो कार्यक्रम सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।
आज र भोलि दुई दिन चल्ने खोप कार्यक्रममा आफ्नो उमेर खुल्ने परिचयपत्र देखाएर खोप लगाउन सकिनेछ। स्वास्थ्यमन्त्री विरोध खतिवडाले पहिलो चरणको खोप लगाएकालाई दोस्रो र पहिलो नै नलगाएकालाई पहिलो चरणको खोप लगाइने जानकारी दिए ।
सरकारले नागरिकका लागि सहज बनाउन यो कार्यक्रम सुरु गरिएको मन्त्री खतिवडाले जानकारी दिए ।