फेरी बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, कात्तिक १६ । नेपाली बजारमा मंगलबार पहेलो धातुको मुल्य बढेको छ । सोमबारको तुलनामा आज सुनको भाउ प्रतितोला २ सयले बढेको हो भने चाँदीको मुल्य ५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य आज प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो । त्यस्तै, तेजाबी सुनको मुल्य पनि आज बढेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा खरिद बिक्रि भएको छ ।

यसैगरी, चाँदीको मुल्य पनि बढेर प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएको संघले जनाएको छ । सोमबार प्रतितोला १२ सय ५० रुपैयाँमा चाँदी खरिद बिक्रि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्