नेकपा एकीकृत समाजवादी नुवाकाेटकाे दाेश्राे पुर्ण वैठक सम्पन्न



नुवाकोट,कात्तिक १५ । नेकपा कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को नुवाकोट जिल्ला पदाधिकारीहरु सर्बसम्मत रुपमा चयन भएका छन्। वाग्मती प्रदेश कमिटि अध्यक्ष सावित्री भुषालकाे प्रमुख आतिथ्यता र पाेलिटव्युराे सदस्य तथा नुवाकाेट ईन्चार्ज राजेन्द्रप्रकाश लाेहनीकाे विशेष आतिथ्यतामा सम्पन्न नेपाल कम्युनिष्ट पार्टि एकीकृत समाजवादी नुवाकाेटकाे दाेश्राे पुर्ण वैठक सम्पन्न भएकाे हाे।

सोमबार विदुरमा बसेेको दोस्रो जिल्ला कमिटी बैठक नेकपा ( एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष गोविन्द नेपालीकाे अध्यक्षतामा भएकाे हो । जस अन्तर्गत उपाध्यक्षमा ककनी गाउँपालिकाका जित बहादुर बलामी र सुर्यगढी गाउँपालिकाका शान्ता थापा ( अधिकारी ), सचिवमा शिबपुरी गाउँपालिकाका पदम उप्रेती ,उप-सचिवमा तादी गाउँपालिकाका अर्जुन श्रेष्ठ र विदुर नगरपालिका का उद्दब पनेरू तथा कार्यालय सचिवमा बिदुर नगरपालिकाका केशब रिमाल चयन भएका छन।

त्यस्तै आर्थिक विभाग प्रमुखमा बिदुर नगरपालिकाका रामकृष्ण राजभण्डारी, कानुन बिभाग प्रमुखमा शिवपुरीका अधिवक्ता देबराज कडेल, खेलकुद विभाग प्रमुखमा उद्दब पनेरू,संगठन बिभाग प्रमुखमा पदम उप्रेती, बुद्धिजीवी बिभाग प्रमुखमा रामहरि गजुरेल र प्रचार विभाग प्रमुख भाेला राज पाैडेल चयन गरेका छन। यस्तै किसान संगठन इन्चार्जमा यमकुमार खाती,युवा ईन्चार्जमा दिपेश चित्रकार,अनेमहिला संघ इन्चार्जमा शान्ता थापा, बिद्यार्थी इन्चार्जमा राजकुमार अर्जेल (पुत्ला), शिक्षक संगठन इन्चार्जमा जगदीश पाठक, टेडयुनियन इन्चार्जमा नारायण पसाद नेपाल लाई ताेकेकाे छ। ५४ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन गरेकाे छ भने ३ महिने संगठन निर्माण तथा भातृ संगठन गठन अभियान चलाउने निर्णय समेत बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्