नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व टेक्निकल निर्देशक होल्गरकाे निधन
काठमाडौँ, कात्तिक १५ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व टेक्निकल निर्देशक होल्गर ओवरम्यानको ८५ वर्षको उमेरमा निधन भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली फुटबल टिमको चार वर्ष सेवा गरेका ओवरम्याननको निधन भएको जानकारी दिएको छ । सन् १९९० देखि १९९४ सम्म ओवरम्यान एन्फा प्रावधिक निर्देशकको जिम्मवरीमा थिए ।
उनले फुटबलसम्बन्धी विविध कार्यक्रमअन्तर्गत क्यामरुन, बङ्गलादेश र श्रीलङ्काको फुटबल विकासमा पनि महतवपूर्ण भूमिका निर्वाह गरेका छन् ।