सरकार जनताको हितमा लागिपरेको छ- अर्थमन्त्री शर्मा



नुवाकोट, कात्तिक १५ । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान गठबन्धन सरकार जनताको हितमा लागिपरेको बताएका छन् । सोमबार जिल्लाको ककनीमा आयोजित वडा कार्यालय भवन समुद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धनको सरकारले जनउत्तरदायी भूमिका निर्वाह गर्दै जनताको हित हुने काममा लागिपरेको बताएका हुन।

सरकारले छोटो समयमा प्रतिस्थापन विधेयकमार्फत् युवा, महिला, विद्यार्थी, बालबालिका, घाइते, अपाङ्ग, शहीद परिवार र गरिब जनताको मुद्धामा थोरै भएपनि बजेट विनियोजन गरेर सम्बोधन गर्ने काम गरेको मन्त्री शर्माले बताएका छन् । सरकार समाजवाद उन्मुख कार्यक्रम कार्यान्वयनतर्फ अग्रसर भई काम गरिरहेको बताउदै उनले सरकार उत्पादनमुखी उद्योग भन्दा स्थापना र संचालन, कृषि क्षेत्रको विकासमा केन्द्रीत रहेर काम गरिरहेको बताए ।

भोट थान्सिङका स्थानीयले बाजागाजासहित स्वागत गरेको भवन उद्घाटन समारोहमा, नुवाकोटका नेता तथा पूर्वमन्त्री हितबहादुर तामाङ, वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङलगायतको सहभागिता रहेको थियो । 

थामि नसक्नु फूलमालाले सजिएका अतिथि गण

प्रतिक्रिया दिनुहोस्