मन्त्री झाक्रिकाे स्वास्थ्यमा सुधार



काठमाडौं,कात्तिक १५ । स्वास्थ्यमा केही समस्या भएर वीर अस्पताल काठमाडौंमा भर्ना हुनुभएकी माननीय शहरी विकास मन्त्री रामकुमारी झाक्रीकाे स्वास्थ्यमा सुधार आएकाे छ ।

रुघाखोकी ,ज्वराे,निमाेनिया देखिएपछि उपचारका लागि अस्पताल पुगेकि मन्त्री झाक्रि गत विहिवार अस्पताल भर्ना भएकी हुन । अहिले ज्वराे,निमाेनिया लगायतका स्वास्थ्यका सबै सूचकहरू सकारात्मक रहेकाे उपचारमा सलग्न चिकित्सकहरुले वताएका छन । अझैपनि स्वास्थ्य संवेदनशीलता रहेकाे कारण चिकित्सकहरुले भेटघाटलाई बन्द गराउन सल्लाह दिएका छन ।

चिकित्सकहरुकै सल्लाह अनुसार उपचार,भेटघाट र खानपानकाे व्यवस्था मिलाईएकाे मन्त्रीको सचिवालयले जनाएकाे छ । सचिवालयले मन्त्री ज्युकाे शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गरेकाे छ ।स्वास्थ्यमा क्रमिक सुधार आएकाले शुक्रबारसम्म अस्पतालले डिस्चार्ज गर्ने वुझिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्