सुजाता कोइरालाद्वारा सभापतिमा उम्मेदवारी दिने घोषणा
काठमाडौं,कात्तिक १५ । काङ्ग्रेस नेतृ सुजाता कोइरालाद्वारा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छिन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले स्व गिरिजाप्रसाद कोइरालाले चलाएको कार्यलाई निरन्तरता दिँदै कार्यकर्ताको महिला सभापति हुनुपर्ने माग एवं चाहनालाई ध्यानमा राखी सभापतिमा उम्मेदवारी दिन लागेको बताइन । मुलुकको वर्तमान राजनीतिक अवस्थाका कारण ‘अर्ली इलेक्सन’को सम्भावना बढ्दै गइरहेको समेत कोइरालाले बताईन् ।
“लोकतन्त्रमा जनताको आस्था र विश्वासको केन्द्रको रुपमा रहेको अदालत सधैँ स्वतन्त्र र निष्पक्ष हुनुपर्छ”, उनले भनिन । उनले मलुकका सबै संवैधानिक अङ्गले निष्पक्ष ढङ्गले कार्य गर्नुपर्नेमा जोड दिईन् । केन्द्रीय सदस्य कोइरालाले सत्तासिन गठबन्धन दलसँग सिद्धान्त र विचार नमिल्ने हुनाले कोहीसँग पनि कांग्रेसले आगामी निर्वाचनमा तालमेल नगर्ने बताइन्।