काङ्ग्रेसले पटकपटक सत्तामा बस्दा नुवाकोटका लागि केही गर्न सकेन: नेता बाँस्कोटा
नुवाकोट,कात्तिक १४ । नेकपा एमालेका प्रभावशाली युवा नेता गोकुल बाँसकोटाले नेपाली कांग्रेसले पटक पटक सत्तामा बसेर पनि नुवाकोटका लागि केही गर्न नसकेको आरोप लगाएका छन् ।
आइतबार एमालेको विदुर नगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेका बास्कोटाले यी यस्ता विषयले गर्दा आगामी निर्वाचनमा कांग्रेस र माओवादीलाई नुवाकोटबाट कोल्याप्स गर्नुको विकल्प नरहेको बताए ।
आफ्नु पार्टी नेकपा एमालेले त्रिदेशीय मार्गको नुवाकोट खण्ड कालोपत्रे गरिसकेको र छहरे टोखामा सुरूङ मार्ग निर्माणको काम सुरू हुने चरणमा पुर्याएको बताए । उनले नुवाकोटकै बाटो हुँदै काठमाडौँ रेल पुर्याउनका लागि एमालेले सपना देखेको भन्दै साकार पार्ने काम पनि एमालेले नै गर्ने बताए । नेता बाँस्कोटाले विकासका लागि एमालेको विकल्प नभएको बताए । उनले वडा तहदेखि संगठन बलियो बनाउँदै गएपछि चुनावमा राम्रो नतिजा प्राप्त गर्न सक्ने बताए ।
करिब डेढ घण्टा सम्बोधन गरेका बाँस्कोटाले आगामी निर्वाचनमा एमालेले प्रतिनिधिसभामा मात्रै कम्तिमा १३८ सिटमा जित हाँसिल गर्नुपर्ने बताए । उनले ६ पटक अर्थमन्त्री भएका डा रामशरण महतले विकासका नाममा जिल्ला जोड्ने एउटा सडक समेत बनाउन नसकेको भन्दै जनताले मतदान गर्ने कि मलामी बन्ने भन्ने विषयमा निर्णय लिनुपर्ने कुरा दोहोर्याए ।