चितुवाको छाला सहित तीन जना पक्राउ
बाँके,कात्तिक १३ । बाँकेमा चितुवाको छाला र हड्डी कारोबार गर्दै गर्दा तीन जना पक्राउ परेका छन् ।
शुक्रबार राती करिब ८ बजे कोहलपुर नगरपालिका ११ स्थित एक होटेलमा बसेर छाला र हड्डी कारोबार गर्ने क्रममा सुर्खेतका दुई जना र बाँकेका एक जना गरी तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ९ ढकेरी बस्ने ३५ वर्षीय हिरासिह बि.क., सुर्खेतको पंचपुरी नगरपालिका वडा नं.७ बस्ने २४ वर्षीय रमेश वयक र सोही ठाउँका २८ वर्षीय बसन्त बि.सी. रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरुको साथबाट प्रहरीले चितुवाको छाला थान १ र १ किलो ४० ग्राम हड्डी बरामद गरेको छ । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।