झोर महाङ्काल माबिमा विपद जोखिम न्यूनीकरण तालिम सम्पन्न



काठमाडौं,कात्तिक १२ । टोखा नगरपालिका वडा नम्बर १ मा अवस्थित झोरमहाङ्काल माध्यमिक विद्यालयमा विपद जोखिम न्यूनीकरण तालिम सम्पन्न भएको छ।

एशियाली विकास बैंकको सहयोग तथा झोरमहाङ्काल विद्यालयको आयोजनामा सम्पन्न सो कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियोे । तालिममा अचानक आइपर्ने विपदका बखत जोखिम न्यूनीकरणका लागि आवश्यक तालिम तथा परामर्श प्रदान गरिएको थियो।

कार्यक्रममा उक्त विद्यालयका प्रधानाध्यापक हरिकृष्ण धिताल, टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारी, विद्यालयका अध्यक्ष दिलबहादुर तामाङ, स्थानीय बुद्धिजीवी तथा युवा व्यवसायी दिपेन्द्र लामिछाने लगायतको सहभागिता रहेकोे थियोे ।

कार्यक्रममा विद्यालय स्तरीय विपद व्यवस्थापन समिति समेत गठन गरिएको विद्यालयले जनाएको छ। तालिम चारदिनसम्म प्रदान गरिएको थियो। तालिममा शोभा कोइरालाले सहजीकरण गरेकी थिइन।

प्रतिक्रिया दिनुहोस्