झोरमा शनिबार एमालेको तिहार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम
काठमाडौं,कात्तिक १२ । झोरमा शनिबार एमालेको तिहार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम तय गरिएको छ। सो कार्यक्रममा नेकपा एमालेका नेता तथा वाग्मती प्रदेश सभासद योगेन्द्र संग्रौलाको प्रमुख उपस्तिथि रहने नेकपा एमाले टोखा नगरपालिका वडा नम्बर १ झोर कमिटीले जनाएको छ ।
नेकपा एमाले टोखा नगरपालिका वडा नम्बर १ द्वारा तिहार, छठ तथा ल्होसार पर्वको उपलक्ष्यमा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा सहभागीता जनाउन नेता संग्रौलासहित नेकपा एमालेका नेता तथा काठमाडौं महानगरका पूर्व मेयर केशव स्थापितको पनि कार्यक्रममा आतिथ्यता रहनेछ।
कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञानमाया डङ्गोल लगायत स्थानीय नेता तथा जनप्रतिनिधिको समेत उपस्थिति रहने नेकपा एमाले टोखा नगरपालिका वडा नम्बर १ ले जनाएको छ। कार्यक्रम वडा नम्बर १ कार्यालय जाने बाटो, वडा नम्बर १ पार्टी कार्यालय नजिकै विहान ७ बजे हुने बताइएको छ।