वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ
हेटौंडा,कात्तिक ११ । वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् । मुख्यमन्त्री पाण्डेसँग काँग्रेसबाट कृष्णलाल भँडेल, माओवाद केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्ण खनालले मन्त्रीको शपथ लिएका छन् ।
भडेललाई भौतिक पूर्वाधार,मोक्तानलाई सामाजिक विकास र खनाललाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।