सर्वोच्च अदालतका पूर्व न्यायाधीश लम्सालको निधन
काठमाडौं, कात्तिक ११। सर्वोच्च अदालतका पूर्व न्यायाधीश भैरबप्रसाद लम्सालको ८४ वर्षको उमेरमा निधन भएको छ ।
बिहीबार बिहान उनको निधन भएको अस्पताल श्रोतले जनाएको छ। मुटुसम्बन्धी समस्यामा रहेको लम्साल पछिल्लो पटक तीन दिन अघि स्वास्थ्यमा थप समस्या भए पछि काठमाडौंको मेडिकेयर अस्पतालमा भर्ना भएका थिए ।
लम्साल तत्कालिन चर्चित सम्पत्ती छानविन आयोगका अध्यक्ष रहेका थिए ।