वागमती प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान



पाण्डेद्वारा मुख्यमन्त्रीमा दाबी पेश

हेटौंडा,कात्तिक ११ । वागमती प्रदेशको नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीवार अपराह्न ३ बजेसम्मका लागि समयसीमा तोकेका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधवार दिएको राजीनामा स्वीकृत भएलगत्तै प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि प्रदेश प्रमुख शर्माले बहुमत हस्ताक्षरसहितको दाबी गर्न आह्वान गरेका हुन् ।

शर्माले नेपालको संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम बहुमत प्राप्त गर्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री नियुक्तिको लागि दाबी गर्न आग्रह गरेको प्रदेशसभा सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।

यसैबीच, वागमती प्रदेशमा नयाँ सरकार गठनका लागि बागमती प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्री पदका प्रत्यासी राजेन्द्रप्रसाद पाण्डेले ५९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरसहित दाबीपत्र बुधवार साँझ बुझाएका छन् ।

समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारओटा राजनीति दलले समर्थनसहित हस्ताक्षर गरी दाबीपत्र बुझाइएको प्रदेश प्रमुख सचिवालयले बताएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्