ककनी गाउँपालिकाको एमाले अध्यक्षमा शेषमान र सचिवमा योगेन्द्र



नुवाकोट,कार्तिक १० । नेकपा एमालेले देशैभर ९ गतेबाट पालिका अधिवेशनहरु गरिरहेका छन् । सोही सन्दर्भमा नुवाकोट जिल्लाको ककनी गाउँपालिकामा आयोजना भएको प्रथम अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ ।

अध्यक्षमा शेषमान लामा र सचिवमा योगेन्द्र तामाङसहितको ७५ सदस्यीय कमिटी ककनीको पालिका अधिवेशनले चयन गरेको हो ।

यस्तै उपाध्यक्षमा पवन फूयाँल, उपसचिवद्धयमा यमबहादुर तामाङ, कोपिला गुरुङ र सचिवालय एंव कार्यलय सचिवमा राज कुमार लामिछाने चयन भएका छन् । पाँच पदाधिकारी, कार्यलय सचिव सहित ६९ सदस्यहरु पनि निर्विरोध चयन भएका छन् ।

नेकपा एमाले नुवाकोटका पूर्व सचिव एवं बागमती प्रदेश कमिटीका सदस्य काशिराज अधिकारी प्रमूख अतिथी रहेको अधिवेशनमा हजारबढि प्रतिनिधि र कार्यकता सहभागी थिए ।

अबको चुनावमा स्पष्ट बहुमतसहितको पहिलो पार्टी हुनुपर्ने भन्दै त्यसका लागि सबैले तयारी गर्नुपर्ने र विगतमा एमाले नेतृत्वको सरकारले गरेका सबै काम जनताकोबीचमा जानकारी गराउनुपर्ने अधिकारीले बताए । कार्यक्रममा बागमती प्रदेश कमिटीका सदस्य राजु लामाको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्