नुवाकोट पञ्चकन्याका सामुदायिक विद्यालयका शिक्षक र जनप्रतिनिधि बीच अन्तरक्रिया सम्पन्न



नुवाकोट,कात्तिक १० । जिल्लाको पञ्चकन्या गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षक, व्यवस्थापन समिति र जनप्रतिनिधि बीच अन्तरक्रिया सम्पन्न भएको छ।

सामुदायिक विद्यालयका शिक्षक र समाजमा आइपर्ने बाधाव्यवधान बीच आफुले कसरी गुणस्तरीय शिक्षा प्रदान गर्ने भन्ने विषयमा स्थानीय जनप्रतिनिधि, सेवाक्षेत्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष बीच अन्तरक्रिया भएको हो।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष सीता पराजुली खड्का , प्रमुख प्रशासकिय अधिकृत अशोक बिष्ट, गाउँपालिका मातहतका वडाअध्यक्षहरु, शिक्षा शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियोे। त्यस्तै अन्तरक्रिया कार्यक्रममा सेवा क्षेत्रका १० वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय मातहतका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लगायतको कार्यक्रममा सहभागिता रहेको थियोे ।

कार्यक्रममा बोल्दै पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले पञ्चकन्या गाउँपालिकामा गुणस्तरीय शिक्षा को लागि भए गरेका प्रयास बारे आफ्नो मन्तव्य राखेका थिए । अध्यक्ष तामाङले गाउँस्तरका शैक्षिक विकासका निम्ति अभिभावक, विद्यालय ब्यवस्थापन र शिक्षक विद्यार्थीको एकाअर्कासंग सहकार्य भूमिका हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्