अलमुताइरी नेपाल फर्किने पक्का, एन्फासँग भयो ३ बर्षे संझौता
काठमाडौँ,कात्तिक १० । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किने पक्का भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि प्रशिक्षक अल्मुताइरी थप तीन वर्षे सम्झौता गर्न सहमत भएका हुन् ।
प्रशिक्षक अलमुताइरीले सामाजिक संजालबाट आफु सम्झौता नवीकरण गर्न सहमत भएको जनाएका छन् ।