चीनबाट १० लाख मात्रा खोप आइपुग्यो



काठमाडौं, कात्तिक १० । चीनबाट कोभ्याक्स सुविधा अन्तर्गत कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ ।

बुधबार १० लाख २० हजार मात्रा भेरोसेल खोप आइपुगेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिए ।

सिंहका अनुसार सो खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । यही कात्तिक ८ गते अमेरिकाले कोभ्याक्स मार्फत एक लाख ६२० मात्रा फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्