पाल्पाकी २४ वर्षीया सीताले जन्माइन् चम्ल्याहा सन्तान, सबैको अवस्था सामान्य
पाल्पा,कात्तिक १० । पाल्पा माथागढी गाउँपालिका–१ की २४ वर्षीया सीता सार्कीले चम्ल्याहा बच्चा जन्माएकी छिन। रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उनले चम्ल्याहा सन्तान जन्माएकी हुन् । मंगलबार मध्याह्न उनले चम्ल्याहा छोरीलाई जन्म दिएको अस्पताल श्रोतले जनाएको छ ।
कात्तिक ६ गते अस्पताल भर्ना भएकी सार्कीको मंगलबार (आज) दिउँसो शल्यक्रिया गरिएको थियो । महिला तथा प्रसूती विशेषज्ञ डा. तारा केसीको टीमले उनको शल्यक्रिया गरेको थियो ।
अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङका अनुसार अहिले बच्चा र आमाको अवस्था सामान्य छ ।अस्पतालकाअनुसार सार्कीले एक किलो ६० ग्राम, एक किलो एक सय ग्राम, एक किलो १३० ग्राम र एक किलो एक सय १५ ग्राम तौलका चार छोरी जन्माएकी हुन् ।