वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिइन् राजीनामा



काठमाडाैँ,कात्तिक १० । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छिन् ।

बुधबार शाक्यले प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेकी हुन् ।

उनी गत २ भदौमा मुख्यमन्त्री भएकी थिइन । शाक्यले प्रदेशसभाबाट विश्वासको मत नपाउने भएपछि राजीनामा दिएकी हुन् ।  राजीनामा दिएको घोषणा गर्दै शाक्यले छोटो समय भए पनि आफ्नो कार्यकाल उपलब्धीपूर्ण भएको र सबैले सहयोग गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्