नुवाकोट पञ्चकन्यामा करारमा ६ जना प्रहरी माग
नुवाकोट,कात्तिक ८ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा ६ जना प्रहरी माग गरिएको छ ।
सोमबार गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँ प्रहरीको माग गरेको हो। सूचना सुरक्षा प्रत्याभूत भएकाले ६ जना प्रहरी माग गरिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताए । जस अन्तर्गत २ महिला र ४ पुरुष संख्या तोकिएको छ । भर्ना हुने प्रहरी जवानले नेपाल सरकार प्रहरी जवान बराबर र अन्य सेवा सुविधा गाउँपालिकाले निर्धारण गरेबमोजिम हुने पालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रमुख प्रशासकीय अधिकृतले निकालेको सूचनाअनुसार १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र तोकिएको सर्त पूरा गरी दरखास्त दिन सकिने छ । इच्छुक ब्यक्तिको शैक्षिक योग्यता कक्षा ८ पास हुनुपर्नेछ ।
थप कुरा सूचनामा हेर्नुस्