नुवाकोट तारकेश्वर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षको निधन
नुवाकोट,कात्तिक ७ । नुवाकोटको तारकेश्वर गाउँपालिका ४ का वडाध्यक्ष राममणि अधिकारीको आईतवार निधन भएको छ ।
कोरोना सङ्क्रमित ७७ वर्षीय अध्यक्ष अधिकारीको काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिनुभयो ।
गत असार दोस्रो साता सङ्क्रमणपश्चात अवस्था गम्भीर भएसँगै उनलाई अस्पताल भर्ना गरिएको थियो । कोरोनामुक्त भए पनि फोक्सो र कलेजोमा समस्या देखिएर अस्पतलामा उपचारत थिए । नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित भएका उनि यसअघि सोही पार्टीबाट हाल वडा नं ४ रहेको साविक बुधसिंह गाविसबाट दुईपटक गाविस अध्यक्षमा निर्वाचित भएका थिए ।