जैसीको घर चिराचिरा : गाउँ सरकारले आस्वासन दियो, सहयोग दिएन



प्युठान,कात्तिक ६ । प्यूठानको एक घरपरिबार घर चिराचिरा भएर भत्किन थालेपछि बिगत एक महिनादेखि आफन्तिको घरमा बस्दै आएका छन । मल्लरानी गाउपालिका – १ सिधाराका जीबलाल जैसिले आफ्नो घर चिराचिरा परेर भत्किन थालेपछि गत असोज ५ गते देखि छिमेकी मामाको घरमा बस्दै आएको बताएका छन ।

भारतमा श्रम गरेर घर परिवार धानेको जैसी परिवारले गत बर्षमात्र दश लाख बढी  रुपैयाँ खर्च गरेर नयाँ घर बनाएका थिए । तर, नया घरमा एक बर्ष पनि बस्न नपाउदै घर चिराचिरा पर्न थालेपछि जैसि परिवार आफन्तिको घरमा बस्दै आएका छन । घर चिरा पर्न थाले देखि नै उनिहरु वडा र गाउपालिकाको कार्यालयमा धेरैपटक धाएं केही सहयोग पाइएन जैसीले भन्नुभयो गाउपालिकाका प्रशासकिय अधिकृतले बैठक बसेर सहयोग गर्छौभन्नुभयो तर अहिले सम्म केही सहयोग पाएका छैनौ । जैसीले गुनासो गर्नुभयो।

सोलहाल्ना देखि गोयल फेदि सम्मको सडक फराकिलो बनाउने क्रममा एक्साभेटरको बढी कम्पनको कारणले घर चिराचिरा परेको हुन सक्ने जैसीको अनुमान  छ। जैसीले गत बर्ष करिब १० लाखको लगानीमा गोठ सहितको घर निर्माण गर्नुभएको थियो।  जैसिले भन्नुभयो,’ अझै ४ लाख ऋण तिर्नै बाकी छ , घर भत्कन थालेपछी बिस्थापित भएको छु ।’
नेपाल रेडक्रस सोसाइटि जिल्ला साखा प्यूठानले सहयोग सामाग्री उपलब्ध गराएको उहाको भनाइ छ ।जैसिको ४ जनाको परिवार  छ । उहाको श्रीमति संगै कक्षा १२ मा पढ्ने १७ बर्षिया छोरा र कक्षा ८ मा अध्यनरत १४ बर्षिया छोरी सहित हाल छिमेकी मामाको घरमा बस्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्